हामीले फेर्ने हरेक सासमा आधुनिक औद्योगिक सभ्यताको एउटा अदृश्य र घातक मूल्य लुकेको छ–कार्बन उत्सर्जन । आकाशतिर मडारिइरहेको धुवाँका काला बादलहरू केवल भौतिक विकास र प्रगतिका चिह्न मात्र होइनन्, सिंगो धर्तीको विनाशका मौन र क्रूर साक्षी हुन् । तथ्याङ्कलाई मात्र सरसर्ती हेर्ने हो भने, विश्वको वातावरण प्रदूषित बनाउने यस होडबाजीमा चीन सबैभन्दा अगाडि देखिन्छ, जसले […]