काठमाडौँ। नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलवार काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा लामो समय काम गरेको अनुभव भएका वरिष्ठ भारतीय कूटनीतिज्ञ दलेलाको आगमनलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । भारत सरकारले गत अक्टोबर १६ मा दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो […]