अध्ययन बिदा लिएर सेवामा नफर्कनेमाथि त्रिविको कडाइ, ७५ अवस्थाबाट साढे १६ करोड असुल

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट उक्त रकम असुल भएको हो। विश्वविद्यालयले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किए पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुल […]