लस एन्जलसका कक्षाकोठामा स्क्रिन प्रयोगमा कडाइ, साना विद्यार्थीलाई डिजिटल उपकरण निषेध

अमेरिकाको लस एन्जलसका कक्षाकोठामा विद्यार्थीहरूलाई स्क्रिन प्रयोग गर्न रोक लगाइएको छ। शिक्षा बोर्डले यो निर्णय गरेको हो। यस्तो कदम चाल्ने पहिलो ठूलो अमेरिकी विद्यालय प्रणालीको रूपमा यस निर्णयले इतिहास बनाएको छ। यस प्रस्तावअनुसार कक्षागत तहका आधारमा स्क्रिन प्रयोगसम्बन्धी नीतिहरू तयार गरिनेछ। कक्षा १ वा सोभन्दा साना विद्यार्थीहरूलाई डिजिटल उपकरण प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ। […]