प्रतिनिधिसभा पुन:स्थापनाको एजेन्डामा एमाले एक्लै

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापनाको विषयमा सडक आन्दोलन गर्न प्रस्ताव गरेका छन्। ओलीले सरकार उल्टो बाटो हिँडेको भन्दै देशलाई संविधान र लोकतन्त्रको बाटोमा ल्याउन आन्दोलनको विकल्प नभएको भन्दै अन्य राजनीतिक दलको साथ खोजेका छन्। बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। जसबारे केन्द्रीय सदस्यहरूले बोल्ने […]