शुक्र अस्तले दशौं मनाउन बाधा पर्दैन : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ। समितिले शारदीय नवरात्र तथा दसैँका नियमित धार्मिक कर्म शुक्र वा बृहस्पति अस्त भएका कारण नरोकिने जनाएको हो। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा […]