काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटन गर्ने भएका छन् । यसअघि आजै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना दिँदै नेपाली क्रिकेट अमर रहोस् भनेका थिए । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आज अपराह्न ५ बजे एनपीएल सुरु हुँदैछ । उद्घाटन खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । […]