कर्णाली । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो । […]