ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले पूर्व प्रधामन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने बताएका छन्। यसका साथै उनले जेन-जी आन्दोलनका क्रममा राज्यका प्रमुख अंगहरू जलाउने योजना बनाउनेहरूलाई पनि कारबाहीको माग गरेका छन्।