उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदानपश्चात सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोगलगायत बहुआयामिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा […]