जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको छ । एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्ययाउन कार्यमा व्यस्त हुनेगरेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाइले बताए । यहाँका अधिकांश किसानले खेतमा पाकेको धान काटेर घरमा भित्र्याउन चटारो परेको छ । दसैँ सकिएसँगै जुम्ली किसान धान भित्र्याउन कार्यमा जुटेका हुन् । […]