काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहका ७९ कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले कात्तिक १७ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिवस्तर) र तृतीय श्रेणी (शाखा अधिकृतस्तर) कर्मचारीको सरुवा, कामकाज तथा काज फिर्ता गरेको हो। पूर्वाधार विकास मन्त्रालयले स्वीकृत गरेको मापदण्ड, सरुवाका लागि संकलित निवेदनबाट गरिएको माग, कार्यसम्पादनको अवस्था, प्राप्त […]