कर अधिकृत तिलक आलेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार आलेसहित स्वामीनारायण निर्माण सेवा धरान र त्यसका सञ्चालक सन्तोषकुमार बस्नेतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूसँग एक करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले […]