बालुवाटारमा राप्रपाको प्रस्ताव : चुनावअगावै राजसंस्था, जेन–जी र दलहरूबीच नयाँ समझदारी गरौँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार डाकेको विघटित संसदका ११ दलसँगको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहनकुमार श्रेष्ठले राजसंस्थालाई समेत समेटेर राजनीतिक सहमति खोजिनुपर्ने प्रस्ताव राखेका छन्। मंगलबार अपरान्ह ४:१५ देखि ८:३० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सर्वदलीय छलफलमा राप्रपाका तर्फबाट सहभागी गुरुङ र श्रेष्ठले हालको संकटपूर्ण राजनीतिक परिस्थितिको निकासका […]