काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणाको निर्णय गरेको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार गृह […]