काठमाडौँ । सोनी वाइबाको प्रदर्शन प्रेरित एपिएफले दसौँ राष्ट्रिय खेलकुदको महिला बास्केटबल (फुल कोर्ट) मा स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने भएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा शनिबार सम्पन्न सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि जित रच्दा सोनीले उत्कृष्ट प्रदर्शन गरिन् । एपिएफले सुदूरपश्चिमलाई ७४–१२ ले हरायो । सोनीले सर्वाधिक १७ अंक जोडिन् […]