वायुसेवा निगमको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठ

काठमाडौँ। नेपाल वायुसेवा निगमको सञ्चालक अमृतमान श्रेष्ठलाई कार्यकारी सञ्चालक नियुक्त गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको भूमिकासमेत निर्वाह गर्ने गरी जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए। हाल भइरहेको छनोट प्रक्रियाबाट निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि श्रेष्ठलाई कार्यकारी सञ्चालकको रूपमा जिम्मेवारी दिइएको खरेलले बताए। निगममा यसअघि नायब महाप्रबन्धकको रूपमा […]