सहमहामन्त्री उठ्ने रमेश प्रसाईँको घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री उठ्ने घोषणा रमेश प्रसाईँले गरेका छन् । उनी यस अगाडि पार्टीको सहप्रवक्ता थिए । पार्टी स्थापनाकालदेखि नै रवि लामिछानेसँग जोडिएका प्रसाईँ पार्टीका संस्थापक नेता हुन् । उनी सहमहामन्त्री उठ्नका लागि पहिला केन्द्रीय सदस्य जित्नुपर्ने हुन्छ ।