एआईजडित उपकरणले अनुहारको तस्बिरबाट भन्न सक्छ - बिरामी कहिलेसम्म बाँच्छ?

अनुसन्धानकर्ताका अनुसार, यो उपकरण विभिन्न प्रकारका क्यान्सर भएका बिरामीमा परीक्षण गरिएको थियो। क्यान्सरको गम्भीरता र रोग फैलिएको अवस्थाले फरक पारे पनि अनुहारका विशेषताबाट बाँच्ने सम्भावना अनुमान गर्ने यसको क्षमताको अध्ययन गरिएको थियो। परीक्षणमा हड्डी वा मस्तिष्कसम्म क्यान्सर फैलिएका बिरामीसमेत समावेश थिए।