काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । विद्युतमन्त्री खट्टरले नेपाल आए लगत्तै भारत […]