तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीद्वारा पुष्टि

काठमाडौँ । मलेसिया रोजगारीसँग सम्बन्धित ठगी तथा संगठीत अपराधको अनुसन्धानका क्रममा तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अर्याललाई मोरङको विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको हो । स्याङ्जाको करेन्डाँडा-४ स्थायी ठेगाना भएका ५९ वर्षीय […]