दोलखाको जिरी नगरपालिका-८ रामबोलेका इन्द्रे कामी र उनकी श्रीमती अन्तकुमारी कामी सामाजिक सुरक्षा भत्ता थाप्न भदासँग मोटरसाइकल पछाडि बसेर २ कात्तिकमा सदरमुकाम जाँदै थिए। बाटोमा अचानक चितुवा हो कि भालुजस्तो जनावर देखियो। जनावरले आक्रमण गरेपछि मोटरसाइकल लड्यो। ६५ वर्षका इन्द्रे र अन्तकुमारी गम्भीर घाइते भए। बेहोस अवस्थामै स्थानीयवासीले एम्बुलेन्समा हालेर उनीहरूलाई काठमाडौँ ल्याए। काठमाडौँ मेडिकल […]