राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन र विभिन्न समुदायले उठाउँदै आएका सवालसम्बन्धी बहसलाई देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ। संविधान दिवसका अवसरमा असोज ३ गते आयोजित ‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियापछि गरिएको समीक्षाका आधारमा पार्टीले विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन व्यवसायी, […]