नेपालको प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति पौडेलको निर्णय, नयाँ निर्वाचन आगामी फागुन २१ गते

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले शुक्रबार सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका हुन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार राती ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गरेका हुन् । “सम्माननीय राष्ट्रपति श्री […]