इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई तत्काल मुक्त गराई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। ललितपुरको सानेपामा चैत ६ देखि ८ गतेसम्म चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो। उनी यूएईबाट जहाजमा तेल लिन गएका इरानी सेनाको नियन्त्रणमा परेका हुन् । […]