डेल्टा अटो कर्पले ल्यायो “नयाँ युगको नयाँ राइड”

नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले नयाँ वर्ष विशेष अफर “नयाँ युगको नयाँ राइड” घोषणा गरेका छन्। यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ। […]