काठमाडौँ। देशव्यापी रूपमा २३ माघबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने…’ सार्वजनिक गरिएको छ। नयाँ बानेश्वरस्थित वन सिनेमाजमा बुधबार आयोजित समारोहमा गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमीबिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोकशैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो। ‘डोको बुन्ने…’ गीतमा गायक केहरसिंह लिम्बूको […]