एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम घोषणा भएपछि विश्व अर्थतन्त्रमा तत्काल सकारात्मक प्रभाव देखिन थालेको छ । तेलको मूल्य तीव्र रूपमा घटेको छ भने विश्वभरका शेयर बजारमा उत्साह देखिएको बेलायती सञ्चारमाध्यम द गार्जियनले जनाएको हाे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर आसपास पुगेको छ । […]