सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह र सार्वजनिक स्थानबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालयबाहिर सवारीसाधन तेर्स्याइएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले यस्ता गतिविधिले गम्भीर सुरक्षा चुनौती निम्त्याउने चेतावनी दिएका हुन्। उनले […]