काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध मुद्दामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहानका अनुसार टोलीले हुसेनलाई सुरूंगा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, २०८१ मंसिर ११ गते धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्व-पश्चिम राजमार्गमा भएको […]