नेपाल टेलिकममा आपत्कालीन अलर्ट प्रणालीको परीक्षण सफल, अब एनसेलमा पनि विस्तार गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय आपत्कालीन अवस्था तथा विपद्का समयमा नागरिकलाई तत्काल सूचना उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकम (एनटीसी) मा गरिएको अलर्ट प्रणालीको परीक्षण सफल भएको जनाइएको छ। अब उक्त प्रणाली नेपाल टेलिकम र एनसेल दुवै नेटवर्कमा परीक्षण गर्ने तयारी गरिएको छ। गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत नेपाल टेलिकममा आपत्कालीन सूचना प्रणालीको परीक्षण सफलतापूर्वक सम्पन्न भएको जानकारी […]