तीनकुनेसहितका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाहीको माग

काठमाडौं– समाजवादी मोर्चा नेपालले तीनकुनेसहित आसपासका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याएर कारबाही गर्न माग गरेको छ ।  प्रदर्शनीमार्गमा शुक्रबार आयोजना भएको जनसभापछि विज्ञप्ति जारी गरेर मोर्चाले आपराधिक र आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको हो । राजावादी समूहले शुक्रबार तीनकुने क्षेत्रमा गरेको उच्छृङ्खल र अराजक […]