काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको संगठित सदस्यता रोकेर पार्टी नेतृत्वले गल्ती गरेको बताएका छन् । आफूसँग प्रतिस्पर्धा गर्न आउने थाहा पाएपछि अध्यक्ष केपी शर्मा ओलीले गत साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकबाट पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सदस्यता रोकिदिएका थिए । त्यही प्रसंगमा पोखरेलले नेतृत्वबाट गलत काम भएको बताएका हुन् […]