बाहिरबाट हेर्दा मानिसले जे–जस्तो भने पनि ती बिरामीको बुझाइबारे टिप्पणी गर्ने अधिकार कसैसँग छैन। किनकि हामी त्यस्तो समाजमा बाँचेका छौँ, जहाँ रोगबारे पर्याप्त बुझाइ छैन। त्यसैगरी, हाम्रो स्वास्थ्य सेवामा पहुँचको अभावले पनि रोग पहिचान वा निदान हुँदासम्म उपचार कठिन भइसकेको हुन्छ। हामीलाई स्तन क्यान्सर महिलाको रोग होला भन्ने भान भए पनि याद रहोस्, स्तन क्यान्सर महिला र पुरुष दुवैमा हुन सक्छ।