प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भ्रमणमा पुगेका शाहले भ्रमणको दोस्रो दिन राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्। भेटमा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। […]