पदयात्रामा आउने विदेशी पर्यटकको बिमा रकम असुल्न फर्जी उद्धार (फेक रेस्क्यु) देखाएर ठगी गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनालाई अभियोजन गर्न सिफारिस गरेको थियो। तर अनुसन्धानको आधारमा एक जनाविरुद्ध तत्काल मुद्दा नचलाउने निर्णय गरिएको स्रोतले […]