प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध छौँ : रास्वपा

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र पारदर्शी संसदीय अभ्यासलाई प्राथमिकतामा राख्ने जनाएको छ । सञ्चारकर्मीहरूसँग सोमबार भएको छलफलमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण र मुलुक निर्माणका लागि सबै सरोकारवाला पक्षसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे । उनले स्वतन्त्र […]