चन्द, भुसाल र शर्माबीच सहकार्यको घोषणा

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले सहकार्यको घोषणा गरेका छन्। उनीहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच संवाद, छलफल र एकताका लागि आह्वान गरेका हुन्। ‘आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द […]