हामी भित्रैका छायाँहरू देशका दुस्मन !

‘देशको दुस्मन’ सधैँ सीमापारिबाट मात्रै आउँदैन । कहिलेकाहीँ, राष्ट्रका सबैभन्दा खतरनाक दुस्मनहरू त्यही माटोमा हुर्केका, त्यही हावापानीमा सास फेरेका, र त्यहीँका नागरिकहरूकै रूपमा देखा पर्छन् । देशका शत्रुहरूको रूप, चरित्र र पहिचान प्रत्येक राष्ट्रमा फरक–फरक हुन्छ । अमेरिकाका दुस्मनहरू ती हुन्, जसले लोकतान्त्रिक मूल्यहरू भत्काउने षड्यन्त्र गर्छन् । भारतका दुस्मनहरू ती हुन्, जसले सङ्घीय एकता […]