चितवन। नारायणी नदी क्षेत्रमा जाडो यामसँगै देखिने प्राकृतिक दृश्य अत्यन्त मनमोहक हुन्छ। चिसो बिहानको कुहिरोले ढाकिएको नदी, बगर र वरपरका घाँसे मैदान शीतकालीन आप्रवासी चराहरू र स्थानीय वन्यजन्तुको गतिविधिले जीवन्त बन्छ। हरेक वर्ष उत्तरी एसिया, साइबेरिया, मध्य एसिया र तिब्बती उच्चभूमिबाट हजारौँ किलोमिटर यात्रा गरेर नेपाल आउने आप्रवासी चराहरूका लागि नारायणी नदी एक महत्त्वपूर्ण आश्रयस्थल […]