कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन्। साथै कम्पनीको अग्रभागमा ढुँगा प्रहार गरेर तोडफोड गरिएको छ।