भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् । नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटका क्रममा उनले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने महत्त्वपूर्ण माध्यम भएको बताए।  […]