धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसायका लागि आवश्यक स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा गाउँपालिकाबाटै सुरु गरेको छ। यससँगै स्थानीय नागरिक तथा व्यवसायीले पानसम्बन्धी सेवाका लागि धनकुटा सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने भएको छ। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। साँगुरीगढी गाउँपालिका–६ बेल्बोटेस्थित सुब्बा […]