पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी रुकुम र बागलुङ्गको सिमानालाई केन्द्रबिन्दु बनाएर राति ८ बजेर २६ मिनेटमा ४.६ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। अचानक आएको धक्कापछि स्थानीयवासीहरु घर बाहिर निस्किएका थिए। उक्त भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको जनाइएको […]