प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ः१५ बजे उनले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।  प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् ।