पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिका कार्यालयबीच कार्यक्रमअन्तर्गत बाँसखर्कको सुन्तला बगैँचामा पम्पिङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्सालबीच मङ्गलबार पोखरामा कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको हो […]