काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोमबार राति करिब ११ बजे खसेको पहिरोका कारण मंगलबार बिहान ७ बजेसम्म पनि सडक सञ्चालनमा आउन सकेको छैन। पहिरोका कारण तिहार मनाउन गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक अवरुद्ध भएपछि उक्त खण्डमा सवारीसाधनको लामो जाम लागेको छ। नागढुंगा–मुग्लिङ […]