ओलीको निर्देशन- चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ‚ तयार रहनू

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल लगायतलाई पार्टीमा प्रवेश गराउँदै उनले आफूहरूलाई सरकारले दुःख दिने र अपमान गर्नतिर लागिरहेको आरोप लगाए। सरकारले आफूलाई दुःख दिएको र अपमान गर्ने काम गरिरहेको उनको दाबी छ। […]