एक अमेरिकी सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनद्वारा धर्मस्थलहरूमा अध्यागमन कारबाहीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णयविरुद्ध धार्मिक सङ्घ-संस्थाहरूको गठबन्धनलाई आफ्नो कानुनी चुनौती अघि बढाउन अनुमति दिएको छ। ‘डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट’ को अमेरिकी पुनरावेदन अदालतले मङ्गलबार २-१ को बहुमतले धार्मिक सङ्घ-संस्थाहरूले केसको यस चरणमा कानुनी आधार पर्याप्त रूपमा प्रस्तुत गरेको फैसला सुनाएको हो। यस फैसलाले अध्यागमन कारबाहीको […]