प्रतिनिधिसभाले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधता संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सम्झौतामाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अन्तर्राष्ट्रिय […]